आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

किन बढाए ओलीले देश दौडाह ?

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । संसद खुलाउन सभामुखले डाकेको बैठक बहिष्कार गरेर देश दौडाहामा निस्किएका एमाले अध्यक्ष केपी ओली आज बुटवल पुगेका छन् ।  रुपन्देहीको एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न भन्दै ओली बुटवल पुगेका हुन् ।   हिजो मात्रै ओली  गृहजिल्ला झापामा अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्न विर्तामोड पुगेका थिए ।

मध्यान्ह बुटवल पुगेका ओलीले  देवीनगरस्थित एन्फा मैदानमा हुने भेलालाई सम्बोधन गर्ने छन् । भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता भेला हुने एमालेले बताएको छ । भेलालाई ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने बताइएको छ ।

गृह जिल्ला झापाबाट ओलीले १४ महिनापछि आफु सरकारमा आउने उद्घोष गरेका थिए । सोही अनुरुप ओली आगामी चुनावलाई केन्द्रमा राखेर कार्यकर्ता भेला गराउदै जिल्ला भ्रमणमा निस्किएको नेताहरुले बताएका छन् ।