आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जाजरकोटमा जीप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नं को जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।