काठमाडौँ l नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रले देशभरका विभिन्न भूभाग देखि योग्य १०० किसानको खोजी गरी व्यवसायिक अभिवृद्धि तथा निजी-सार्वजनिक साझेदारी अवधारणा अनुसार व्यवसायिक क्रियाकलापहरु संचालन गर्न भएको छ l
देशको अधिकांश क्षेत्रलाई समावेश गरी न्युनतम १०० जना व्यवसायिक तथा उद्यमी किसानको पहिचान गरी केन्द्रमा आवद्ध गराउने उदेश्यका साथ १०० किसान कार्यक्रम अवधारणा केन्द्रले अघि सारेको छ ।
केन्द्रका सभापति अरुणराज सुमार्गीका अनुसार देशका विभिन्न क्षेत्रमा बसोबास गर्ने कृषि व्यवसायमा संलग्न र कानुनसंगत व्यवसाय संचालन गरिरहेको तथा नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रले तयार गरेको मापदण्ड पुरा गर्ने जुनसुकै व्यक्ति वा संस्था आवद्ध हुनसक्ने छन् । उनले यो कार्यक्रमबाट न्युनतम एक जिल्लाबाट एक किसान समावेश हुनेगरी ७७ वटै जिल्लाको सहभागिता रहने बताए । कार्यक्रमलाई थप प्रभावकारी बनाउदै लैजादा यसको समुह थप बढ्न सक्ने उनको भनाई थियो ।
नेपालका ७७ वटै जिल्लाहरु मध्ये हरेक जिल्लाबाट कम्तिमा १ जना छनौट हुनेगी सुनिश्चित गर्ने , स्ंवयमको वा भाडामा लिएको जग्गामा व्यवसायिक कृषि सञ्चालन गरिरहेको हुनपर्ने , पशुपालन व्यवसाय अन्तर्गत बाख्रा/भेडा/च्याङ्ग्रा/बंगुर,सुंगुर/गाईभैसी/कुखुरा/हाँस लगायतका पशुपंक्षीहरु आदी पालन गरी फार्म संचालन गरिरहेको हुनुपर्ने, स्थानीय स्तरमा रोजगारी सिर्जना गरी रोजगारी दिइरहेको हुनुपर्ने लगायतका मापदण्डहरु रहने सुमार्गीले जानकारी दिए ।
१०० किसान कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रले विभिन्न सेवाहरु पनि दिने सुमार्गीले बताए । उनले व्यवसायिक सिपज्ञान अभिबृद्धी, देशविदेशमा प्राविधिक ज्ञान हासिल गर्ने अवसर दिने,बस्तु विकासमा सहजिकरण गर्ने, व्यवसाय विश्लेषण र व्यवसायिक योजना विकास गर्ने, बजार सुचना प्रवाह गर्ने तथा बजार बिस्तारमा सहजिकरण गर्ने लगायतका सेवा प्रदान गर्ने उनको भनाई थियो ।
१०० किसान संस्थामा आवद्ध भएपछि किसान/उद्यमी –व्यक्ति वा संस्था हरुलाई केन्द्रले तिनिहरुको व्यवसायिक विविधिकरण गरी विस्तार गर्ने साथै बजार प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार व्यवसायिक क्रियाकलापहरु संचालन गर्न सहयोग गर्ने सुमार्गीले बताए ।