आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

१ हजार ४ सय ८६ संक्रमित हुदा आज १६ जनाको मृत्यु

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं । देशभर आज एक हजार ४८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार ५३९ मा परीक्षण गर्दा एक हजार ४८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

हालसम्म सक्रिय सङ्क्रमित २६ हजार ६ सय ३० छन् ।  आज १ हजार २६० जना सङ्क्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ४० हजार ७१७ कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९५ दशमलव २ प्रतिशत छ । 

हालसम्म १० हजार ९६५ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । अहिले ४ सय ७५ जना सघन उपचार कक्ष (आइसियु), १३४ जना भेन्टिलेटर, २४ हजार ९५८ जना होम आइसोलेशन, एक हजार ६७२ जना संस्थागत आइसोलेशन र २६२ जना क्वारेन्टिनमा छन् ।

अहिलेसम्म ५८ लाख  ३३ हजारर ९३८ जनाले पहिलो मात्रा र ५१ लाख ९८ हजार १९३ जनाले पूर्णमात्राको खोप लगाइसकेका छन् ।