काठमाडौं । इजरायलको रोजगारीमा जानेहरुका आज भाषा परीक्षा हुदै छ ।
भाषा परीक्षाका लागि काठमाण्डौमा ११ वटा केन्द्र तोकिएका छन् । ११ ठाउँका १६ परीक्षा केन्द्रमा दिउँसो १ बजे हुने भाषा परीक्षामा ३ हजार ७ सय २७ पुरुष र ३ हजार २ सय ८२ महिला सहभागी हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।
परीक्षाका लागि ९ हजारले आवेदन दिए पनि २ हजार बढी आवेदन मापदण्ड नपुगेकाले अस्वीकृत भएका छन् । इजरायलले नेपालबाट एक हजार कामदार लैजाने तयारी गरे अनुसार आज भाषा परीक्षा हुन लागेको हो ।