आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमालेको संसद अबरोध आज पनि जारी, संसदीय मर्यादा पालना नगरेको आरोप

आइतबार, भाद्र २७ २०७८

काठमाण्डौ ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज  पनि संसद बैठक अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरेका छन् ।  यसअघि गएका दुई वटा बैठकमा पनि एमालेका सांसदहरूले विरोध गरेका थिए । एमालेको विरोध र नाराबाजीकै बीचमा सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट सार्वजनिक गरिसकेको छ ।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेको भन्दै अवरोध गरेको जनाएको छ । एमालेको विहान बसेको संसदीय दलले पनि बैठक अबरोध जारी राख्न निर्णय गरेको थियो । 
आज बिहान बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले एमाले फुटाउन भूमिका खेलेको र दल हेरेर फरक व्यवहार गरेकाले विरोध गर्नु परेको बताएका थिए ।

संसदमा अहिले एमाले सांसदले चर्को नाराबाजी गरिरहेका छन् ।