आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

पूर्वराजदूत रुक्मशमशेर राणाको निधन

शनिबार, भाद्र २६ २०७८

काठमाडौं । भारतका लागि पूर्व राजदूत रुक्मशमशेर राणाको निधन भएको छ । राणाको ८५ वर्षको उमेरमा बत्तीसपुतलीमा रहेको निवासमा गएराति निधन भएको उहाका ज्वाइँ बैंकर अनिलकेशरी शाहले बताए ।

मिर्गौला रोगबाट पिडित राणा लामो समयदेखि डायलसिस गराउदै आएका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता शुवर्णशमशेरका कान्छा छोरा रुक्मशमशेर सन् २००९ देखि २०११ सम्म भारतको राजदूत बनेका थिए ।  राष्ट्रिय खेलकुद परिषद् राखेपमा राणा दुई पटक सदस्यसचिव भएका थिए।

उनी अहिले ओलम्पिक कमिटीको मानार्थ अध्यक्ष थिए ।