आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दबाब दिएर एमसीसी पास गराउने पक्षमा नरहेको उपाध्यक्ष सुमारको स्पष्टोक्ति, अमेरिकाले एमसीसीबारे भ्रम फैल्यायो : नेता नेपाल

शुक्रबार, भाद्र २५ २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा समाज विभाजित भएकाले नागरिकस्तरमा बुझाउनु पर्ने अवस्था रहेका बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसग सिंहदरबारमा भएको भेटमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नागरिकलाई बुझाउदै सत्तारुढ दलहरूबीचको सहमतिमा  एमसीसीलाई अघि बढाईने धारणा राखेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीलाई भेटेर नेता नेपालसग भेट्न पुगेकी सुमारले नेपाली समाजमा चलाइएको हल्ला जस्तो एमसीसी कुनै सैन्य रणनीति अन्र्तगतको कार्यक्रम नभएको भन्दै आश्वस्त बनाएकी थिईन् ।

अध्यक्ष नेपालले  एमसीसीबारे भ्रमपूर्ण सन्देश दिने काम स्वयम् अमेरिका सरकारबाट भएको टिप्पणी गरे । भेटमा सहभागी   नेकपा (एकीकृत समाजवादी) का कार्यालय सचिव डा. गंगालाल तुलाधरले राष्ट्र हितभन्दा बाहिर गएर यो सम्झौता अघि बढ्न नसक्ने जवाफ सुमारलाई सुनाइएको बताए ।

नेता नेपालले सत्तारुढ ५ दल बीचमा सहमति बनाएर सम्झौता कार्यान्वयनको टुंगो लगाउने सुमारलाई बताए । 

झन्डै डेढ घण्टा भएको भेटवार्तामा उपाध्यक्ष सुमारले एमसीसी दबाब दिएर पारित गराउने पक्षमा अमेरिका नरहेको भन्दै नेपालले उचित निर्णय गर्ने आशा व्यक्त गरेकी थिईन् ।