आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

एमाले अध्यक्ष ओलीले एमसीसी उपाध्यक्ष सुमारलाई यस्तो जवाफ फर्काए

बिहिबार, भाद्र २४ २०७८

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अमेरिकी अनुदान सम्झौता एमसीसीबारे सत्तारुढ दलको धारणा सार्वजनिक भएपछि मात्रै आफ्ना पार्टीले जवाफ दिने बताएको छ । एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वसँगको भेटमा ओलीले सत्तारुढ दलको प्रतिक्रिया पर्खने बताएका हुन् ।

MCC उपाध्यक्ष Fatema Z. Sumar सहितको प्रतिनिधि मण्डलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली समक्ष गरेको शिष्टाचार भेट_Photo_Rajan_Kafle_8507435 2.jpg

काठमार्डौ ओर्लिए लगत्तै फतिमा नेतृत्वको टोली ओलीसँग छलफल गर्न  बालकोट पुगेको थियो । सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एमाले नेता  राजन भट्टराईले बताए ।

सुमारले प्रमुख प्रतिपक्षी दलको धारणा के हो भनेर बरोब प्रश्न गरेकी थिईन् , जवाफमा ओलीले पहिले सरकारमा रहेकाहरुको धारणा आएपछि आफ्ना पोजिसन क्लियर गर्ने बताएका थिए । 
उपाध्यक्ष सुमारले अनुमोदनको प्रक्रिया बढाउनुपर्छ भन्ने अमेरिकी पोजिसन रहेको बताउँदै प्रक्रियामा सघाउन एमालेलाई आग्रह गरेकी थिइन् ।

 सरकारमा रहँदा अनुमोदनका लागि दबाब दिएको एमाले सरकारबाट हटेपछि भने एमसीसीका विषयमा मौन देखिएको छ । 

बालकोट भेटमा एमसीसी उपाध्यक्ष सुमारसँगै नायव उपाध्यक्ष जोनाथन ब्रुक्स लगायतको एमसीसी प्रतिनिधिमण्डल सहभागि थियो ।