आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सेनाका सिपाही कहिलेसम्म घरेलु नोकर बन्ने हजुर ?

बुधबार, भाद्र २३ २०७८

काठमाडौँ l नेपाली सेनाको परिवर्तन र सुधारको लागि आफ्नो कार्यकाल भरि मरिहत्ते गरेर सुधार गर्ने पूर्वसेनापति पूर्णचन्द्र थापाको कार्यकाल पनि हेरियो र अब नयाँ प्रधानसेनापति प्रभुराम शर्माकाे कार्यकाल पनि हेर्ने धोको छ । 

नयाँ नयाँ नियम सुधार र फैसला तर कसका लागि, सेनाकाे  कुन युनिट र कार्यालयमा सुधार भएर सिपाहीले सुख र सुविधा पाए त ? बुद्धिजीवीहरूबाट यसमा सही मूल्यांकन हाेस् । विगत तीन वर्षमा  जे जति  भए खालि अधिकृत र माथिल्लो दर्जालाई मात्रै भएकाे महसुस हामीले गर्ने गरेका छाैं ।   

आज पनि निरन्तर नै छ सिपाहीलाई कमाण्डरले गर्ने गरेको  शाेषण र अन्याय । खै त अनुशासित सिपाहीलाई न्याय र अधिकार ? कानून लाग्ने त निमुखा सिपाही र पीडित अधिकृत र पहुच नभएकालाई मात्र जस्ताे महसुस हुन्छ ।  

सिपाही अर्थात जवानहरूले सेनाका पदिक र अधिकृतहरूको ज्यादति र पीडा कहिलेसम्म खेप्ने ? कल्याणकारीबाट अधिकृतलाई सस्तो व्याजमा ऋण रे तर तल्लोदर्जालाई २ लाख रिन लिन कति गाह्राे छ ।

खै त त्यो सिपाहीले ज्यानको बाजी लगाएर विदेशबाट ल्याएको रकम सर्वसुलभ रूपमा पाउने हक  सबैको बराबर हैन र ? कल्याणकारी काेषमा  वर्तमान र भूतपूर्व जर्नेल, कर्णेलको  मोजमस्ती र आँखा लगाउने संस्था बनेकाे छ । कल्याणकारीबाट जर्नेल, कर्णेल लिने हरेक सेवासुविधा सुलभ र सहुलियत हुने अनि अधिकृत र माथिल्लो दर्जा जस्तै सिपाहीहरूकाे चाहिं रित्तो हात हुनुपर्ने किन हजुर ?

चिफसाव ! सरकारी तलब भत्ता खाएर सिपाहीहरूले वर्तमान र भूतपूर्व जर्नेल, कर्णेल र अधिकृतहरूकाे घरमा घरेलु नाेकर बनेर  श्रीमती तथा परिवारको कपडा धुने, भाँडा माझ्ने काम गर्नुपर्ने कहिलेसम्म ?

अझ भूतपूर्व जर्नेल, कर्णेलको घरमा सेवक, सिपाही खटाउने नियम नभएपनि गणपति र गुल्मपतिले हाम्रो मान्छे भनेर संगठनलाई थाहै नदिई पठाउने गरेका छन् । के ती पतिहरुलाई सैनिक हे.क्वा को आदेश चाहिन्न ?

भूतपूर्व भएका निधन भएका जर्नेल, कर्णेल र अधिकृतहरूकाे घरमा बर्षौंसमम पनि सिपाही राखेर सेवा लिने र दिने प्रथा नेपाली सेनामा कहिलेसम्म ? सिपाहीलाई दास बनाउने प्रथाकाे अन्त्य कहिले हुन्छ नयाँ चिफसाव ? पदकाे दुरूपयाेग गरेर सिपाहीकाे श्रम शाेषण गर्ने त्यस्ता जर्नेल, कर्णेल र अधिकृतहरू,पतिहरुकाे  घरघरकाे अनुसन्धान र छानविन होस् । 

विभिन्न युनिटका पतिहरूकाे घरघरमा कसरी सिपाही लुकाएर निजी काम गर्न पठाउने गरेका छन् ? खाेजीनीति हाेस् ।  यो त चाकडीका लागि आदेश पालना नगरेर उल्लंघन गरेकाे  भएन र नयाँ चिफसाव ?

नेपाली सेनाको अधिकृत त परै जाओस् यहाँ पदिकले पनि सिपाहीलाई व्यक्तिगत काम लगाउने किन ? हामी सरकारी तलब र राशन खाने तर काम चाहिं घरेलु नोकर झै अधिकृतहरूकाे गर्नुपर्ने ? विभिन्न युनिटका पतिहरूले समेत व्यक्तिगत र निजी काममा लगाउने, घरपरिवार, श्रीमतीहरुको काममा लगाउने हप्काउने र रिस गर्ने गरिएकाे छ । 

जुन कुरा हामीले बाराम्बार लेख्दै आएका छौं र निरन्तर लेख्छौं पनि । जुन उदाहरण हो राष्ट्रिय सुरक्षा परिषद, वीरेन्द्र तालिम केन्द्र, अस्पताल, अन्यमा स्थानमा निजी काममा  सिपाहीकाे बढी शाेषण  भइरहेको छ ।

अब नयाँ चिफसावले यस्ताे विकृतिकाे सुधार गर्नका लागि कल्याणकारी काेष कार्यालयका पुराना कर्मचारी हटाउनु पर्यो, पेट्रोल पम्प साथै विभिन्न संस्थाहरु बिसाैं वर्ष बसेर माेजमस्ती गरिरहेका छन्। यस्ता बेथिती र अन्यायका धेरै कुरा छन् चिफसाव, केही कदम चालियाेस् । नेपाली सेनाका पीडित सिपाहीहरु