आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोरोनाका कारण आज २१ जनाको मृत्यु, १ हजार ६ सय ७७ संक्रमित

बुधबार, भाद्र २३ २०७८

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा १ हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७२ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना  सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ३१ हजार पुगेको छ ।

यही अवधिमा थप २१ जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ७९ जना पुगेको छ ।

अहिले नेपालमा ३० हजार तीन सय तीन जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८० हजार चार सय जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।