आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सुदुरपश्चिम प्रदेशका दुई मन्त्रीद्वारा राजिनामा

बुधबार, भाद्र २३ २०७८

काठमाडौं । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । शाह  एमालेबाट नेतृत्व गर्दै सरकारमा सहभागी थिए। पहिला आन्तरिक मामिलामन्त्री बनेका शाहले गएको जेठमा आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए ।
राज्यमन्त्री गहतराज भने गत जेठमा मात्रै नियुक्त भएकी थिईन् । विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज  पार्टी विभाजनपछि पनि एमालेमै छन् ।

पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए । गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो ।