आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

निजामति दिवस मनाईदै, यसपाली पनि सर्वोत्कृष्ट कर्मचारी भेटिएन

मंगलबार, भाद्र २२ २०७८

काठमाण्डौ । १८ वर्षदेखि मनाउन थालिएको निजामति दिवस यो वर्ष पनि विभिन्न कर्मचारीलाई पुरष्कृत गर्दै मनाईदै छ ।  व्यावसायिक र सिर्जनशील प्रशासन  विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ यो वर्षको निजामती सेवा दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।

तर यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भने छनौट हुन सकेनन् । पोहर पनि सरकारले सर्वोत्कृष्ट कर्मचारी छनौट गर्न सकेन ।

यो वर्ष १० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  

सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।  

निजामती सेवा दिवसको अवसरमा हरेक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

सरकारले २०६१ सालदेखि निजामती सेवा दिवस मनाउन थालेको हो ।