काठमाण्डौ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५४ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
१९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाण्डौमा जन्मिएका भट्टको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायूमै निधन भएको थियो ।
नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याएका थिए।
भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गरेका छन् । उनका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि नेपाली साहित्यमा महत्त्वपूर्ण मानिन्छन् ।