आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

रेल्वे कम्पनीका कर्मचारीलाई हटाईयो, रेल सेवा संचालनमा आए खबर गरिने

सोमबार, भाद्र २१ २०७८

काठमाडौं । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न निर्देशन दिएका छन् । 

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहे पछि प्रशासनले हाललाई हाजिर गर्नबाट रोकेको हो ।  कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।