आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

आगामी बुधबार संसद बैठक बस्दै , एमसीसी सम्झौता पास गराउने सरकारको तयारी

आइतबार, भाद्र २० २०७८

काठमाडौं । अध्यादेश जारी गर्न रातारात अन्त्य गरिएको संसद बैठक  तीन सातामै फेरि  बोलाइएको छ ।  सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बुधबारका लागि अधिवेशन आह्वान गर्नु भएको हो। दल विभाजन गराउने बाध्यतामा रहेको  सरकारले बजेट अध्यादेशलाई समेत बेवास्ता गर्दै साउन ३२ गते संसद अधिवेशन अन्त्यकालागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तीन साता नबित्दै संसद बैठक बोलाइनुलाई सरकारले अमेरिकी परियोजना एमसीसी  सम्झौता अनुमोदन गर्ने योजना बनाएको विश्लेषण गरिएको छ । 

नेपाल र अमेरिकाबीच एमसीसी सम्झौता भएको पनि यहि महिनाको  अन्त्यमा ४ वर्ष पुग्दैछ । त्यो भन्दा अघि नै सम्झौता संसदबाट अनुमोदन गराउने प्रधानमन्त्री शेरवहादुर देउवाको चाहना छ । पहिलो चोटी एमसीसी सम्झौता हुदा पनि  देउवा नै प्रधानमन्त्री हुनुहन्थ्यो भने सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की पनि अहिले सरकारमै छन् कानुनमन्त्रीका रुपमा । तसर्थ पनि सरकारलाई एमसीसी सम्झौता पास गर्नै पर्ने दबाब बढेको छ ।  

यसैबीच, एमसीसी कम्प्याक्टकी उपाध्यक्ष फतिमा सुमार समेत संसद सुरु भएको भोलिपल्टै नेपाल आईपुग्दै छिन् । सुमारको भ्रमणलाई पनि एमसीसी सम्झौता अनुमोदनसंगै जोडेर हेरिएको छ । २०७४ भदौ २९ मा एमसीसी सम्झौता हुँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए भने सम्झौतामा हस्ताक्षर गर्ने तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले कानुन मन्त्री हुनुहुन्छ ।

प्रधानमन्त्री सत्ता गठबन्धन दलका नेतासंग एमसीसी पारित नगर्दा अमेरिकाले नेपाललाई दिएको अनुदान सहयोग फिर्ता हुन सक्ने र त्यसले अन्य अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालप्रतिको विश्वसनीयता गुम्नेतर्फ गम्भिर बनिदिन बारम्बार आग्रह गर्दै आएका छन् । 

 संसदमा १५ वटा अध्यादेश छलफलका लागि लैजानु पर्ने,  बजेट अध्यादेशजस्ता महत्वपूर्ण विषयलाई यतिकै छाडेर दल विभाजन अध्यादेश ल्याउनकालागि संसद अधिवेशन अन्त्य गरेको थियो । संसद अन्त्य गरेर ल्याइएको दल विभाजन सम्बन्धि अध्यादेश अनुसार माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भईसकेका छन् ।