आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भदौं २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

आइतबार, भाद्र २० २०७८

काठमाडौं । सरकारले भदौं २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिश गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार, भदौ २३ गते अपराह्न ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको हो ।

संविधानमा सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

यसअघि सरकारकै सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिईन्।

भदौं २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट छुटेर जाने जनप्रतिनिधिलाई नयाँ दलमा सनाखत गर्ने समय निर्वाचन आयोगले दिएकाले सो समय सकिने बित्तिकै संसद बैठक बोलाउन लागिएको हो । 

संसद बैठक बोलाउने निर्णय गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नि सापकोटासहित गठबन्धन दलका नेतासग परामर्श गरेका थिए ।