काठमाडौं । अस्वस्थ्य भएपछि नेता कार्यकर्ता भेट्न बन्द गरेका एमाले अध्यक्ष केपी ओली महानगर स्तरीय कार्यकर्तालाई सम्बोधन गर्न सभा गृह पुगेका छन् । ओलीको सचिवालयले केहि दिन आराम गर्ने बताएको केहि घण्टा नबित्दै उनी भाषण गर्न सभागृह पुगेका हुन् । कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा अधिकांस समय ओलीले एमाले छोडेर गएकाहरुको आलोचनामा समय खर्चिएका थिए ।
मन्त्री नपाएकाहरुले माधव नेपाललाई साथ दिएको भन्दै लङ्गुरको दौड लामो नहुने टिप्पणी गरे । कार्यकर्तालाई सान्त्वना दिदै ओलीले केही मान्छे छाडेर जादैमा यसलाई पार्टी फुटेको रुपमा नबुझ्न आग्रह गरे ।
पार्टी विभाजन गर्नेहरूले कुनै वैचारिक मतभेद राख्न नसकेको ओलीको तर्क छ ।
ओलीले देउवा सरकारले अमेरिकी सहयोग एमसीसी झुक्याएर पास गर्न खोजेको आरोप लगाए । कांग्रेस र माओवादीकै सरकारको पालामा भएको एमसीसी सम्झौतामा अहिले उनीहरु नै नबोल्नु आश्चर्यजनक रहेको बताए । उनले एमसीसीका बारेमा सरकारको धारणा माग गरे