काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्बुको बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
मेलम्चीको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै मन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका भौतिक संरचना निर्माणमा भइरहेको ढिलाईलाई गति दिन निर्देशन दिएका हुन् । गृहमन्त्री खाँणले हेलिकप्टरबाट प्रभाावित क्षेत्रको अवलोकन गरेका थिए ।
गृहमन्त्रीसगै गएको निरिक्षण टोलीले केहि क्षेत्रको भने स्थलगत अवलोकन गरेको थियो ।
गृहमन्त्रीको टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल तथा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालगायतको टोलीले निरीक्षण गरेको थियो ।
गत असार १ र १६ गतेको वर्षाले सो क्षेत्रमा आएको बाढीपहिरोका कारण ठूलो क्षति भएको थियो । यसअघिको सरकारले पनि सो क्षेत्रको अवलोकन गरेपनि अझै सम्म पिडितले राहत पाउन सकेका छैनन् ।