काठमाडौं, भाद्र १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले रिट दायर गराउनु भएको हो ।
वैद्यले अधिवक्ता भुपेन्द्रप्रसाद पोखरेलमार्फत दायर रिटमा कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया सुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने दाबी गरिएको छ ।
साथै रिटमा महाधिवेशन रोक्न उपयुक्त आदेश माग गरिएको छ । सो रिटको पेशी आइतबारका लागि तोकिएको सर्वोच्चले जनाएको छ ।