काठमाडौं, भाद्र १७ । प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी नेपालमा रहेका ११ जना प्रदेशसभा सदस्यले महन्थ ठाकुरको नया पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेका छन् ।
प्रदेश २ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाका जम्मा ५५ प्रदेशसभा सदस्य थिए । ति मध्ये सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतोले लोसपाको पक्षमा सनाखत गरेका हुन् ।
थप ४ सांसदले आज सनाखत गर्ने बताइएको छ ।