आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

मनाङ्गमा कांग्रेसको अधिवेशन सम्पन्न , स्वार्थ भन्दा माथि उठेर पार्टी बलियो बनाउन अपिल

बिहिबार, भाद्र १७ २०७८

काठमाडौं,भाद्र १७ । मुलुकभर कांग्रेस महाधिवेशनको तयारी सुस्त भइरहदा विकट भनिएको मनाङ जिल्लाले भने नेतृत्व नै चुनिसकेको छ । भदौ १८ गते कांग्रेसको वडा तहको अधिवेशन भइरहदा हिमाल पारीको जिल्ला मनाङले शङ्कर गुरुङलाई जिल्ला सभापति चुन्दै अन्य सबै तहको अधिवेशन सर्वसम्मत समापन गरेको हो । जिल्ला भर सर्वसम्मतरुपले नयाँ नेतृत्वको टुङ्गो लागिसकेको जिल्ला कार्यसमिति मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

कांग्रेस मनाङले आगामी नेतृत्वका लागि शङ्कर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरेको हो ।  जिल्ला सभापतिसहित मनाङ कांग्रेसले सङ्घ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्य समिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरिएको निवर्तमान सभापति टेकबहादुर गुरुङले जानकारी दिए ।

नेतृत्व छनोट गर्ने विषयमा  विवाद गर्दा पार्टी कमजोर हुने भएकाले पार्टीलाई बलियो बनाउन निर्विवाद नेतृत्व चयन गरिएको गुरुङको भनाई छ । देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादकै कारण उल्झनमा रहेको पार्टीलाई मनाङ कांग्रेसले अब्बल उदाहरण पेश गरेको छ । देशका अधिकांश जिल्लामा क्रियाशील सदस्यता, नेतृत्व दाबीलगायत विषयमा विवाद हुँदा अधिवेशनसमेत हुने कि नहुने अन्यौल नै छ ।  

देशका अन्य जिल्लामा उम्मेदवार तय नहुँदै मनाङ कांग्रेसले भने अधिवेशसन समापन गरेको छ ।  मनाङ कांग्रेसले स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न पार्टी नेतृत्वकर्तालाई आग्रह गरेको छ ।