आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

राजधानीमा थुप्रिएको फोहोर आजबाट उठ्ने, फोहर उठाइसक्न एक महिना लाग्ने

बुधबार, भाद्र १६ २०७८

काठमाडौं, भाद्र १६ । झण्डै दुई हप्तादेखि राजधानीमा थुप्रिएको फोहोर आजबाट उठ्ने भएको छ ।  काठमाडौँ महानगरपालिका र नुवाकोटका सिसडोल बासीबीच फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति भएसगै महानगरले आजदेखि फोहर उठाउने जनाएको छ ।

 हिजो साझ बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने लगायतका सहमति भएको हो । लामो समयसम्म काठमाडौंको फोहर व्यवस्थापन नहुदा राजधानीको वातावरण दूषित भइसकेको छ ।

नियमित रुपमा पूर्ण क्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब महिना दिन लाग्ने महानगरपालिकाको अनुमान छ ।