काठमाडौं, l झापाको मेचीनगर नगरपालिका–६ स्थित सडकमा मे.१ ह ६२५९ नम्बरको सिटी सफारीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–७ पालिया बस्ने ६० वर्षीय वीर बहादुर अधिकारीको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको आम्दा अस्पताल धुलावारीमा उपचारको क्रममा मृत्यु भएको हो । सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको कमला नगरपालिका–२ सरावे चोकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–४ सघरा बस्ने ४५ वर्षीया भुली देवी मुखियाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।