आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

विवादीत ल्यारकाल लामामार्फत राज्यको पैसा दिल्ली पुग्यो, प्रचण्डले पठाएका थिए

बुधबार, भाद्र १६ २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीमा खुलेका झलनाथ खनालको मिर्गौला प्रत्यारोपणका लागि राज्यकोषको पैसा विवादीत माओवादी ल्यारकाल लामामार्फत नयाँ दिल्ली पुगेको खुलेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचारका लागि मन्त्रिपरिषदबाट विधि विपरित गरिएको निर्णयसँगै रकम निकाशा गर्नका लागि अर्थमन्त्रीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए। उक्त रकम निकाशा हुनासाथ लामालाई भारी बोकाएर दिल्ली पठाएको खुलेको हो।

लामा खनालसँग ३४ दिनसम्म दिल्लीमा बसेका थिए। पहिला एमालेमा रहेका बेला लामालाई खनालले मन्त्री बनाएका थिए। विवादमा आएपछि उनको मन्त्री पद खुस्कियो र माओवादीमा प्रवेश गरेका थिए। 

प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा राज्यकोषको रकम दुरुपयोगमा निक्कै विवादमा आएका लामाको बैंकको लकरमा बन्दुक भेटिएको थियो। विवादै विवादमा तानिएका लामा दुई नम्बरी धन्दामा सक्रिय रहेको समेत बताइन्छ।