काठमाडौँ l नेपालमा स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी सि २० र सि २१ सार्वजानिक गरेको छ । आईतबार देखि नै दराज अनलाइनबाट यी दुवै स्मार्टफोनहरुको प्रि–बुकिङ गर्न सकिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार बजारमा भने यो फोन सेप्टेम्बर १ देखि नेपालभरि उपलब्ध हुने छ ।
३२ जिबी मेमोरी र २ जिबी ¥याम भएको रियलमी सि २० को मुल्य नेपालमा १२ हजार अठ सय ४९ रुपैयाँ र ६४ जिबी मेमोरी र चार जिबी ¥याम भएको रियलमी सि २१ को मुल्य १६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।
रियलमी सि २० र सि २१ मा ६.५ ईन्चको डिस्प्ले, सुपर पावर सेभिङ मोड भएको ५ हजार मेगाहर्ज व्याट्री, जिओमेट्रिक आर्ट डिजाइन, मिडियाटेक हेलियो जि ३५ प्रोसेसरका साथै २ सय ५६ जिबीसम्म बढाउन मिल्ने माईक्रोएसडी रहेको छ । यस्तै यस स्मार्टफोनमा सुपर नाईटस्कोप भएको अल ट्रिपल क्यामेरा, अक्टा कोर १२ एनएम २.३ गिगाहर्ज प्रोसेसर पनि रहेको छ ।
रियलमी सि ११ को मुल्य कटौती, रियलमी ८को नयाँ भेरियन्ट
कम्पनीले रियलमी सि ११ को मुल्यमा कटौती गरि सार्वजानिक गरेको छ । कम्पनीका अनुसार सि११ अब ११ हजार नौ सय ९९ रुपैयाँमा नेपालमा पाउन सकिन्छ । कम्पनीका अनुसार रियलमी सि११ मा पनि ६.५ ईन्चको डिस्प्ले, अल्ट्रा सेभिङ मोड भएको पाँच हजार मेगाहर्जको व्याट्री जिओमेट्रिक आर्ट डिजाईन र अक्टा कोर पावरफुल प्रोसेसर रहेको छ ।
यस्तै कम्पनीले रियलमी ८ को नयाँ भेरियन्ट पनि नेपालमा सार्वजानिक गरेको छ । १२८ जिबी मेमोरी र ६ जिबी ¥याम भएको यो स्मार्टफोन मात्र २७ हजार एक सय ९९ रुपैयाँमा पाईने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार तीन वर्षमा ६ चोटि अपग्रेड तीन करोड ३० लाख युनिट बिक्री भएको रियलमी नम्बर सिरिज सबैभन्दा सफल सिरिज हो । ६४ मेगापिक्सल क्यामेरा भएको यस स्मार्टफोनमा रहेको फोटोग्राफी फिचर्सबाट दिन र रातमा पनि सुन्दर फोटो खिच्न मिल्छ । सुपर एमोलेड डिस्प्ले भएको रियलमी ८ मा व्राईटनेस लेभल १ हजार युनिटसम्म लग्न मिल्छ ।
यसैगरी, यसको ५ हजार मेगाहर्ज व्याट्री, ३० वार्ट डर्ट फ्ल्यास चार्जको मद्दतले ६५ मिनेटमै चार्ज फुल हुन्छ । कम्पनीका अनुसार रियलमीका प्रशंसकहरुले यी दुवै स्मार्टफोनहरु पनि आईतबारदेखी नै दराज अनलाई मार्फत प्रिबुकिङ गर्न सक्नेछन् भने सेप्टेम्बर १ देखि नेपालभरि नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।