काठमाडौँ । नेपाली सेनाले काठमाडौँसहित देशका विभिन्न गरी ८ गुल्महरुको विभिन्न मितिमा पुनः बख्तरबन्द गाडी निकाल्ने भएको छ । काठमाडौंको सीतापाइलामा तैनाथ गण तथा इटहरी,महोत्तरी,मकवानपुर,तनहुँ, बुटवल,नेपालगञ्ज र धनगढीमा तैनाथ गुल्महरुको विभिन्न मितिमा पुनः अभ्यास सञ्चालन हुने जानकारी दिएको छ ।
काठमाडौंको सितापाइलामा तैनाथ गणले बख्तरबन्द गाडी गुडाउने मिति र रुट सार्वजनिक गरेको छ । गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडी गुडाउने भएको हो । भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गतेसम्म काठमाडौंमा बख्तरबन्द गाडी गुडाउनेछ।
यस्तै धनगढीको बोराडाँडी ब्यारेकले पनि गाडी गुडाउनेछ। यस ब्यारेकले आज नै बख्तरबन्दको अभ्यास गराउने बतायएको छ । यस्तै इटहरीको ब्यारेकले पनि भदौ १८, २५ र ३२ बख्तरबन्दका गाडी गुडाउने भएको छ।
सेनाका मेकानाइज्ड युनिटहरुबाट बख्तरबन्द गाडीहरु आर्मर्ड पर्सनल क्यारियर (एपीसी) र माइन प्रोटेक्टिभ भेहिकल (एमपीभी) मा सकलदर्जाहरुको ड्राइभिङ क्षमता अभिबृध्दि गर्न अभ्यासहरु हुँदै आएको छ ।
ती गाडीहरुको अपरेसनल रेडिनेसलाई कायम राख्न स्थानीय प्रशासन र प्रहरीसँगको समन्वयमा आवश्यकताअनुसार ड्राइभिङ अभ्यास सञ्चालन गरिने पनि सेनाले जानकारी दिएको छ ।