आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

दार्चुलामा पहिरोले घर पुरिदा एक दम्पत्तीसहित तीनजना बेपत्ता, महाकालीमा पानीको बहाव बढ्यो

सोमबार, भाद्र १४ २०७८

काठमाडौं, भाद्र १४ । दार्चुलाको दुहुँ , बास्पालीका पहिरो खस्दा एक दम्पती बेपत्ता भएका छन् । घर माथि खसेको पहिरोमा परेर बास्पाली भालुखोलामा बस्दै आएका ६५ वर्षिय नर सिंह महर र उनकी ६० वर्षिया श्रीमती कौशिला महर पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । 
राति सुतिरहेका दुबैजनालाई  पहिरोले घर सहित  पुरेको हो । घटनास्थलमा प्रहरीको टोलीले खोजी गरिरहेको छ ।  पुगेर उद्धार गरिरहेको बताइएको छ ।  त्यस्तै  दुहुँकै वडा नम्बर ५ सुत्खोलाका   ५० वर्षिय मनुवा डडाल पनि पहिरोमा पुरिएर बेपत्ता भएका छन् । उनको पनि घर पहिरोले पुरिएको छ ।  

महाकालीमा पानीको बहाव बढेपछि जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाले नदि किनारमा नजान टतिय क्षेत्रका नागरिकलाई अपिल गरेको छ ।