काठमाडौं, भाद्र १४ । अविरल वर्षापछि खसेको पहिराका कारण पछिल्लो समय पटक पटक अवरुद्ध हुदै आएको नागढुङ्गा–नौबिसे सडकखण्ड केहिबेर अघिबाट पुनः सञ्चालनमा आएको छ ।
त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो खस्दा सो सडक खण्ड विहान साढे ५ बजेबाट अबरुद्ध भएको थियो । दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि राजमार्ग सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधनको लामो लाइन बनेको छ ।