शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

अफगानिस्तानबाट अहिलेसम्म ७ सय ७८ नेपालीको उद्दार, आज थप ८ जना नेपाल आईपुगे

सोमबार, भाद्र १४ २०७८

काठमाडौं, भाद्र १३ । अफगानिस्तानबाट उद्दार गरिएका ८ नेपाली आज काठमाडौं आइपुगेका छन् । अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गरिरहेको सरकारले आज थप आठ जनालाई कतारबाट नेपाल ल्याएको हो । उनीहरुलाई अफगानिस्तानबाट उद्दार गरेर हिजो दोहा ल्याइएको थियो । 
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्यलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबै नेपालीसग  नियमित सम्पर्कमा रहेको  मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट हालसम्म ७ सय ७८ जनाको उद्धार गरिएको र ती सबै स्वदेश आइसकेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टलमा  आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।