आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंको मुख्य द्वारमै पहिरो, नागढुङ्गा नौबिसे राजमार्ग ठप्प

आइतबार, भाद्र १३ २०७८

काठमाडौं, भाद्र १३ । त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । चन्द्रागिरी नगरपालिकाको   चिसापानीमा पहिरोले बाटो पुरिदा दुई तर्फी आवागमन नै बन्द भएको हो ।

लगातार पानी परेसगै पहिरो खस्दा काठमाडौं प्रवेशको मुख्य नाका बन्द भएको हो । काठमाडौंको लाइफलाइन मानिएको राजमार्ग ठप्प हुदा हजारौ यात्रुबाहक बस र मालबाहक ट्रकको ताती लागेको छ । 

पहिरोले राजमार्ग बन्द हुदा उपचारका लागि काठमाडौ आएका बिमारीले कष्ट भोग्नु परेको छ ।   ठूलो पहिरोसँगै रुख पनि खसेकाले पन्छाउन अझै केहिबेर लाग्ने नागढुङ्गा प्रहरी चेकपोस्टले जनाएको छ ।