काठमाडौं भाद्र १३ । पाल्पामा घरको गारो भत्किँएर गारोले थिच्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।
तानसेनको ५ नम्बर वडा कैलाशनगरका नारायण दर्जीको एक तले कच्चीघरको पछाडिको गारो भत्किँदा च्यापिएर उनको १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।