काठमाडौं, भाद्र १२। ललितपुरको वाग्मती गाउँपालिकाको गिम्दीस्थित शुभाने खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । एक बालिका बेपत्ता भएकी छिन् ।
खोलाले बगाउदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष नवराज सञ्जेल बताए । त्यस्तै आठ वर्षीया बालिका बेपत्ता भएकी र उनको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउँले जनाएको छ ।
उनीहरु दुबै जनालाई हिजो बेलुका खोलाले बगाएको थियो ।