आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रचण्डले गरे अदालतमा सेटिङ : संवैधानिक आयोगका नियुक्ति खारेज हुनेगरी फैसला आउने !

शनिबार, भाद्र १२ २०७८

काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेटिङले काम गरेको बताइएको छ। संवैधानिक आयोगका नियुक्तिसम्बन्धी विषयलाई लिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको अध्यादेशको रिटको सुनुवाईका क्रममा यस्तो संकेत देखा परेको छ। 

अधिवक्ताहरुमार्फत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई इजलासमा बस्न नमिल्ने तर्क पेस गरेपछि शुक्रबार विवाद भएको थियो। संवैधानिक इजलासको पेशी तोक्ने जिम्मा प्रधानन्यायाधीशको हुन्छ। ५ सदस्यीय उक्त इजलासमा आगामी साता राणा उपस्थित नहुने सम्भावना रहेको छ।