आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेट्दै, जिल्ला सभापतिका माग पुरा गराउन दबाब दिने तयारी

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौं, भाद्र ११ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएका जटिलताका विषयमा आज सभापति शेरवहादुर देउवासग छलफल गर्ने तयारी गरेका छन् । विहान पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बसेको उनीहरुको बैठकले व्यवहारिक कठिनाई समाधानका लागि सभापतिले पहल गर्नु पर्ने निष्कर्ष निकालेको हो ।  

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले क्रियाशिल सदस्यताको विवादका कारण तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण विग्रन सक्ने भन्दै सभापतिसँग ठोस छलफल गर्ने निर्णय भएको हो । बैठकको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले आजै सभापति शेरबहादुर देउवासँग छलफल गर्ने समय लिएका छन् ।  

बैठकपछि प्रतिक्रिया दिदैं कांग्रेस नेता डा मिनेन्द्र रिजालले महाधिवेशन तोकिएकै मितिमा गर्नकालागि सभापतिलाई जिल्ला सभापतिहरुको माग सुनुवाई गर्न आग्रह गरिने छ ।  पौडेल पक्षले यसअघि नै जिल्ला सभापतिहरुले पार्टी कार्यालय सानेपामा सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाइसकेको छ ।

सिंहको घरमा विहान बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा शेखर कोइराला लगायत नेता सहभागी थिए ।