आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

काठमाडौंमा आजदेखि तीन दिनसम्म भेरोसेल खोप लगाईने, १ सय ४६ खोप केन्द्र तोकियो

शुक्रबार, भाद्र ११ २०७८

काठमाडौं, भाद्र ११ । काठमाडौंमा आज शुक्रबारदेखि आइतबारसम्म भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ ।
पहिलो मात्रा लगाएका ५० वर्ष वा सो भन्दा माथि उमेरका नागरिकलाई खोप दिन लागिएको काठमाण्डौं स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।
विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि दोस्रो मात्राको खोप दिन लागिएको छ ।
दोस्रो मात्रा लगाउन अवधि पुगेको सबैलाई काठमाडौँका एक सय ४६ खोप केन्द्र तोकिएको छ ।

सरकारले चार दिनयता अमेरिकी जानसेन खोप लगाउन बन्द गरेको छ । अमेरिकाले अनुदानमा दिएको १५ लाख बढी खोपमध्ये दुई लाख खोप बाँकी रहेपनि दिन रोकिएको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकमा हालसम्म १३ लाख ३५ हजार मात्रा जानसेन खोप दिइएको उल्लेख छ । अमेरिकाले १५ लाख ३४ हजार मात्रा खोप दिएको थियो । खोप लगाउन रोक्नुको कारण भने खुलाइएको छैन ।