नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि आज पहिलो पटक नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भासमा फसेकाले उनीबाट मुक्ति पाउनु पर्ने भएकाले पनि पार्टी खोल्नु बाध्यता भएको सुनाए ।
उनले कार्यकर्तालाई पनि केपी ओली गुटबाट तत्काल छुटकारा पाउन आग्रह गरे। पार्टी विभाजित हुँदा भोजभतेर गरेर खुसी मनाउने नेतृत्वबाट के अपेक्षा गर्ने भन्दै उनले कार्यकर्तालाई पीडित भएर होइन नयाँ क्रान्तिकारी धारमा समाहित हुनु पर्ने बताए । ।’
ओलीले बुधबार साँझ आफ्नै निवास बालकोटमा पत्नी राधिका शाक्यको जन्मदिन मनाएका थिए । सोही बेला नाचेको भिडिओ तर्फ इङ्गित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । अध्यक्ष नेपालले पहिला आफ्नो पक्षमा रहेका र अहिले एमालेमै बेसका १० जना स्थायी कमिटी सदस्यतर्फ लक्षित गर्दै उनीहरू बीचमै थाकेको प्रतिक्रिया दिएका छन्।
ओलीलाई लक्षित गर्दै नेपालले पहिले राजतन्त्र ढाल्न सकिँदैन भन्नेहरूले अहिले नयाँ पार्टी चल्दैन भन्ने प्रतिक्रिया दिएको पनि बताए ।