काठमाडौं, भाद्र १० । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पार्टीको एकता सगै मुलुकको प्राथमिकतामा रहेको संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न आफु मुख्य मन्त्री बन्नु परेको बताएका छन् । मुख्यमन्त्रीको शपथग्रहणपछि मुख्यमन्त्री आचार्यले दलीय राजनीतिका साथै पार्टीको आन्तरिक राजनीतिलाई स्थिरता कायम राख्ने विषयलाई आफूले प्राथमिकतामा राख्ने बताए। मुख्य मन्त्री आचार्यले चाडै मन्त्रीमण्डल विस्तार गर्ने योजना पनि सुनाए ।
उनले आफ्नो सरकारकालागि बहुमत जुटाउने चूनौतिलाई कम नआकेको भन्दै यसकालागि आफु सफल हुने विश्वास व्यक्त गरे । प्रदेश सरकारको बहुमतका लागि ४७ जनाको संख्या आफ्नै पार्टीभित्रबाट पुर्याउनेमा कुनै आशंका नगर्न आग्रह गरे ।
मुख्यमन्त्रीको जिम्मेवारीवहन गरेसँगै उनले कोभिड १९ को अर्कोलहरबाट जनतालाई जोगाउने सरकारको पहिलो प्राथमिकता रहने बताए ।