आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जेबी टुहुरेको निधन, आजै पशुपतिमा अन्त्येष्टि गरिने

बिहिबार, भाद्र १० २०७८

काठमार्डौ भाद्र १० । जनगायक जुठबहादुर खड्गी ( जेबी टुहुरे)को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो ।

तीन दिन अघि कलंकीस्थित घरमा एक्कासी लडेपछि उनलाई बयोधा अस्पताल ल्याइएको थियो ।  मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोगी टुहुरेको उपचारका क्रममा उनको मृत्यु भएको हो ।  
संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने माओवादी केन्द्रले जनाएको छ ।  

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । टुहुेरेका आमा दिदी बहिनी हो, के दिउ दाईजो लगायतका गीत चर्चित छन्