आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रदेश एकको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, विश्वासको मत लिन समस्या नभएको आचार्यको दाबी

बिहिबार, भाद्र १० २०७८

काठमाडौं, भाद्र १० । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन्  । पार्टी एकता कायम गर्न भन्दै शेरधन राईले राजिनामा गरेसगै आचार्यलाइ मुख्य मन्त्री बन्ने बाटो खुलेको हो । साढे तीन वर्ष अघि प्रदेश एकको एमाले संसदीय दलको नेतामा राईसग दुई मतले पराजित आचार्य आजै संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । राईको राजिनामा स्विकृत भएसगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई  नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आचार्यले मुख्यमन्त्रीको सपथ पनि लिइसकेको छन् । एमालेको एकतालाई मजबुद बनाउन भन्दै  प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिएका हुन् ।    नेपालले पार्टी फुटाएपछि नेपालको साथ छोड्नेहरूको समूहमा आचार्य  पनि एमालेमा फर्किएका थिए । अहिले यो समूह एमालेमै मर्ज भएको छ ।

राईले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आउनु भएकोे छ ।  यस्तै अभ्यास बाग्मती प्रदेशमा पनि केहि दिनअघि गरिएको थियो । बाग्मतीमा डोरमणि पौडेललाई राजिनामा गराएर मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिएको छ ।