काठमाडौं भाद्र ९ । कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान पहिरामा पुरिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।
राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएकी सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
वर्षातका कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो झरेकाले सो राजमार्ग अवरुद्ध भएको छ ।