काठमाडौं, भाद्र ९ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको सनाखत प्रक्रिया सकिएको छ । लोसपाकालागि १५ सांसद र साविकको जसपाबाट १७ जनाले सनाखत गरेको निर्वाचन आयोगले जनाएको छ । यो सगै लोसपाले दल दर्ताको आधिकारिकता पाउने भएको छ ।
लोसपालाई समर्थन गरेका सांसद रेशम चौधरीले भने कार्यकारिणी सदस्यको हैसियतले डिल्ली बजार कारागारबाट नै सनाखत गरेका छन्। आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएको उक्तपक्षलाई सनाखतका लागि सशरीर उपस्थित हुन भनेको थियो।