आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा तीन जनाको मृत्यु, ३५ जना घाईते

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका–३ छापगाउँमा दुर्घटना भएको हो । ब्रेकमा समस्या आएपछि यात्रु ओरालेर परीक्षण गरी पुनः यात्रु चढाएपछि बस दुर्घटनामा परेको बताइएको छ ।  
बस दुर्घटना हुन लागेको देखेपछि भाग्न लाग्दा दुई जनालाई बसले किचेर घटनास्थलमै मृत्यु भएको हो । अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रहरी प्रमुख राजन अधिकारीका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारको काम जारी रहेको जानकारी दिनुभयो ।

घाइतेहरूलाई एम्बुलेन्स र गाउँपालिका प्रमुखको गाडीमा राखेर उपचारका लागि अस्पताल पठाइएका छ । घाइतेमध्ये १६ जनाको सदाबहार अस्पताल, खाडीचौर र बाँकीलाई धुलिखेल र काठमाडौं ल्याइएको  प्रहरीले जनाएको छ ।