आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

चन्द्रागिरीबाट टुरिष्ट बस चढेर नेपाल समूहका नेताहरु सनाखतका लागि आयोगमा

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ९ । माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीका पक्षमा साविक एमालेका ५४ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

 निर्वाचन आयोग स्रोतका अनुसार संघीय संसद्का सदस्यतर्फ भने २९ जनाले हस्ताक्षर गरेका छन् । एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्ने हुन्छ ।

हस्ताक्षरका लागि माधव नेपालसहितका नेताहरू चन्द्रागिरी रिसोर्टबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए । झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएको बताइएको छ भने प्रदीप नेपाल निर्वाचन आयोग पुगेरै हस्ताक्षर गरेका थिए ।