आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कोरोनाबाट २ हजार ५ सय बढी संक्रमित, थप ३५ जनाको मृत्यु

बुधबार, भाद्र ९ २०७८

काठमाडौं, भाद्र ८ । पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या आठ लाख ३१ हजार ९६८ पुगेको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ८ सय १० जनाको  परीक्षण गर्दा दुई हजार  ५२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा दुई हजार ८६ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख दुई हजार १८३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २५० रहेको छ । देशभर ६२० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७० सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । यसैगरी कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या ४९ लाख ४३ हजार ७३२ तथा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ३८ लाख ५७ हजार ५९८ पुगेको मन्त्रालयले जनाएको छ । 

यसैबीच,
 पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ५६८ पुगेको मन्त्रालयले जनाएको छ ।