काठमाडौं, भाद्र ८ । नेकपा एमालेको स्थायी कमिटी बैठक ढिलो गरी सुरु भएको छ। विहान ११ बजे नै बस्ने पूर्व तालिका भएपनि बैठक ४ घण्टा ढिलो सुरु भएको हो ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको छ । बैठकमा, अन्तिम समयमा आएर माधव नेपालको साथ छाडेका नेताहरु पनि सहभागी छन् । सँ
तीन जना उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु, अमृत बोहरा, सुरेन्द्र पाण्डेलगायतका नेताहरु बैठकमा सहभागी भएका हुन् । जसलाइ एमाले भित्र ९ जनाको समूह पनि भनिन्छ ।
बैठकमा कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका विधि र प्रक्रियाका विषयमा छलफल हुने बताइएको छ । तेस्रो धारका रुपमा उभ्याएका उनीहरु हिजो अध्यक्ष केपी ओलीको बालकोट निवास पुगेका थिए । हिजोको छलफल अनुसार अध्यक्ष ओलीले आजकालागि बैठक डाकेका हुन् ।