आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कांग्रेसका जिल्ला सभापतिद्वारा सानेपामा धर्ना, निर्वाचनकालागि समान व्यवस्थाको माग

मंगलबार, भाद्र ८ २०७८

काठमाडौं । क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् ।

जिल्ला सभापतिहरुले सूची सार्वजनिक गर्नेलगायतका माग राखेर धर्ना शुरु गरेका हुन् । धर्ना दिनेमा संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू हुन् ।

त्यस्तै उनीहरुले एकमात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनु नपर्ने व्यवस्था हटाउन पनि उनीहरुले माग गरेका छन् ।

क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताउनुभयो ।
सोमबार मात्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमतिमा क्रियाशील सदस्यता विवाद टुंगो लगाइएको बताइएको थियो । तर आज विहानै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बस्न केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।