आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै

मंगलबार, भाद्र ८ २०७८

काठमाडौँ । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले आज (मंगलबार) जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिसहित परीक्षा गराउन निर्देशन दिएको हो ।

समितिका सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । समितिमा सांसदहरुले कक्षा १२ को परीक्षा छिटो गराउन समिति सभापतिको ध्यानाकर्षण गराएका थिए ।