आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

तेस्रो धारका नेता बालकोट पुग्दा ,नेपाल किन गए शितल निवास ?

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता पछिल्लो समय बढ्दै गएको छ । एमाले विभाजन उन्मुख भइरहदा आज भण्डारीले नया पार्टी दर्ता गराएका एमालेका बरिष्ठ नेता माधव नेपाललाइ शितल निवास बोलाएकी हुन् ।

नेपाल समूहमै रहेका तर पार्टी विभाजनमा नआएका नेताहरुले अध्यक्ष केपी ओलीसग बालकोटमा छलफल गरिरहदा भण्डारीले नेता नेपालसग छलफल गरेकी हुन् । शितल निवासमा भएको छलफल बारे सार्वजनिक नगरिए पनि एमाले विभाजनलाई रोक्न भण्डारीले पहल गरिरहेको स्पष्ट छ ।

बालकोटमा ओलीले भोलि स्थायी कमिटीको बैठक मार्फत १० बुदे कार्यान्वयनमा लैजाने मौखिक सहमति गरेका छन् । सोही बैठकपछि सचिव योगेश भट्टराइले संचारकर्मी मार्फत नेता नेपाललाइ पनि बैठकमा आउन अपिल गरेका थिए । निर्वाचन आयोगले पर्सी बुधवार नेपाल समूहलाई सनाखतका लागि बोलाएको छ । सो समय अगाडि नै एमालेको विभाजन रोक्न भण्डारीले पहल गरेको बताइएको छ ।

शितल निवासबाट बाहिरिएका नेता नेपालले आफुले उठाएको कदममा पुर्नबिचार गर्ने संकेत भने अहिलेसम्म देखाएका छैनन् ।  

तर पनि राष्ट्रपति र नेपालबीचको पछिल्लो भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।