आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

नेताहरुलाई पुरानै जिम्मेवारी दिन अध्यक्ष ओली तयार, भोलि बस्ने स्थायी कमिटीको बैठकमा तेस्रो धार सहभागी हुने

सोमबार, भाद्र ७ २०७८

काठमाडौं, भाद्र ७ । पार्टी जोगाउने भन्दै तेस्रो धारमा उभिएका एमालेका नेताहरुले माधव नेपालको साथ छाड्ने भएका छन् । १० बुदे कार्यान्वयनकालागि अध्यक्ष केपी ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका उनीहरु आज ओलीलाई भेट्न बाल्कोट पुगेका थिए ।

अध्यक्ष ओलीले उनीहरुको मागका विषयमा भोलि बस्ने स्थायी कमिटीमा छलफल गर्ने बताएपछि नेपालको साथ छोडेकाहरु ओलीले बोलाउने स्थायी कमिटीमा भाग लिने निचोडमा पुगेका हुन् ।

बैठक भोलि ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।  भोलिको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको ज्ञवालीले बताए । बैठकमा सहभागी एमाले सचिव योगेश भट्टराईका अनुसार  पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव इश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।

आजको छलफलको सफलता भोलि हुने बैठकबाट निश्चित हुने भट्टराइको भनाई छ । उनका अनुसार  अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय भोलि पेश हुने  प्रस्तावमा भर पर्नेछ ।

भोलिको बैठकले दल दर्ता रोक्दै एकताका लागि आह्वान गर्ने छ । नया दल दर्ता गरेको माधव समूहलाई पर्सी ९ गते सनाखतकालागि निर्वाचन आयोगले बोलाएको छ । यसअघि नै एकताकालागि आधार तयार हुने उनीहरुको दाबी छ ।